देवचुली
देवचुली नगरपालिकामा सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सम्म आइपुग्दा भीमसेन आदर्श नमूना माविले सर्वाधिक ३६ वटा पदक जित्दै आफुलाई अग्र स्थानमा राखेको छ।
आगामी कार्तिक १ गतेसम्म देवचुली नगरपालिकाको नगर रङ्गशालामा हुने प्रतियोगितामा एथलेटिक्स , मार्सल आर्ट , ब्याडमिन्टन , भलिबल र कबड्डी पाँच विधाका गरी ५४ वटा इभेन्ट रहको र प्रतियोगितामा करिव ५ सय विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक बिजय सारुले जानकारी दिएका छन्। प्रतियोगितामा नगर भित्र रहेका १० वटा सामुदायिक र ७ वटा संस्थागत विधालयको सजभागिता रहेको छ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार सम्म आइपुग्दा भीमसेन आदर्श नमूना माविले १४ स्वर्ण , ८ रजत र १४ काश्य पदकमा जित निकाल्दै सबै भन्दा धेरै पदक आफ्नो नाममा गरेको छ। वरचुली माविले ११ स्वर्ण , ७ रजत र ४ काश्य पदकमा जित निकाल्दै दोस्रो स्थानमा र नेपाल माविले ९ स्वर्ण , ७ रजत र २ काश्य पदकमा जित निकाल्दै आफुलाई तेस्रो स्थानमा राखेको छ। प्रतियोगितामा देवचुली माविले ६ स्वर्ण , ५ रजत र ४ काश्य पदक , सकला माविले ४ स्वर्ण , ९ रजत र ८ काश्य पदक , पृथ्वी माविले ४ स्वर्ण , ६ रजत र ३ काश्य पदक जित्न सफल भएका छन्।

यस्तै कालिका माविले २ स्वर्ण र ४ काश्य पदक , जनज्योति नमूना माविले १ स्वर्ण , १ रजत र १ काश्य पदक , अमर बोर्डिङ्गले १ स्वर्ण र २ रजत पदक , जनज्योति माविले १ स्वर्ण , ८ रजत र ५ काश्य पदक , ओएसिस बोर्डिङ्गले १ स्वर्ण , विश्वज्योति माविले १ रजत र ४ काश्य पदक , दिव्यज्योति आविले १ काश्य पदक , दिव्य एकेडेमीले २ रजत र ७ काश्य पदक तथा वाइज भिजन बोर्डिङ्गले १ रजत पदकमा आफ्नो जित दर्ता गरेका छन्।
