देवचुली
देवचुली नगरपालिकामा सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन नेपाल माविले सर्वाधिक पदक जित्दै आफ्नो वर्चस्व कायम गरेको छ।

प्रतियोगिताको पहिलो दिन नेपाल माविले ७ स्वर्ण पदक हात पार्दा भीमसेन आदर्श नमूना मावि , देवचुली मावि , र पृथ्वी माविले समान २/२ स्वर्ण , सकला मावि र जनज्योति नमूना मावि , वरचुली मावि , ओएसिस बोर्डिङ्ग , जनज्योति माविले समान १/१ स्वर्ण आफ्नो नाममा पार्न सफल भएका छन्। यस्तै प्रतियोगितामा नेपाल मावि र जनज्योति माविले समान ४ रजत पदकमा जित हासिल गर्दा भीमसेन आदर्श नमूना मावि र पृथ्वी माविले समान २/२ तथा जनज्योति नमुना , विश्वज्योति मावि , वरचुली मावि र देवचुली माविले समान १/१ रजत पदक जितेका छन्।

काश्य पदक तर्फ भने भीमसेन आदर्श नमूना माविले ६ , विश्वज्योति माविले ४ , देवचुली मावी , जनज्योति मावि र पृथ्वी माविले समान २/२ तथा कालिका मावि ,वाइज भिजन बोर्डिङ्ग ,वरचुली मावि र जनज्योति नमूनाले समान १/१ रजत पदक आफ्नो नाममा गरेका छन्। आगामी कार्तिक १ गतेसम्म देवचुली नगरपालिकाको नगर रङ्गशालामा हुने प्रतियोगितामा एथलेटिक्स , मार्सल आर्ट , ब्याडमिन्टन , भलिबल र कबड्डी पाँच विधाका गरी ५४ वटा इभेन्ट रहने र प्रतियोगितामा करिव ५ सय विद्यार्थीको सहभागिता रहने प्रतियोगिताका खेल संयोजक बिजय सारुले जानकारी दिएका छन्। प्रतियोगितामा नगर भित्र रहेका १० वटा सामुदायिक र ७ वटा संस्थागत विधालयको सजभागिता रहेको छ।

मेयर न्यौपानेबाट औपचारिक समुद्घाटन सम्पन्न
देवचुली नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। देवचुली नगरपालिकाको आयोजना र देवचुली १० मा रहेको पृथ्वी मावीको संयोजन र नगर खेलकुद विकास समितिको समन्वयमा कार्तिक ३० गते बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो।

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा विद्यालयका पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्तीको अध्यक्षतासँगै देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर खेलकुद विकास समिति देवचुली का अध्यक्ष दीपकचन्द्र भट्टराईको स्वागत मन्तव्य रहेको थियो भने देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्तिको शुभकामना मन्तव्य रहेको थियो।

बिहीबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रमलाई दिनको २ बजेबाट औपचारिक समुद्घाटन गरिएको थियो। पहिलो दिनको कार्यक्रमलाई पृथ्वी माविका सहायक प्रधानाध्यापक डिलाराम भुसाल र देवचुली नगर खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले सहजीकरण गरेका थिए।