देवचुली
जिल्लामा सधैं उत्कृष्ट नतिजा दिँदै आएको देवचुली नगरपालिकाको गौरवशाली विद्यालय भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी र अध्यापनरत शिक्षकहरुलाई सम्मान गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षता र देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल १ सय ६७ जना उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले विद्यालयको निरन्तर प्रगति र विद्यार्थीको मेहनतको प्रशंसा गर्दै सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना दिनुभयो।

उक्त अवसरमा वडा नं ९ का वडाध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष बलिराम सापकोटा, जनज्योति बहुमुुखी क्याम्पस प्रगतिनगरका सञ्चालक समितिका अध्यक्ष होमनाथ जैसी लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको शैक्षिक र सामाजिक भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
-1754576111.jpeg)
कार्यक्रममा ३.६ जीपीए भन्दा माथिको उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सरिता बिक, हेमबहादुर ठाडा, समिन शर्मा, बिन्दु बिक, शोभा कुमारी भुसाल, अजित भुसाल, अस्मिता घिमिरे, राज पन्त र ठगबहादुर सुनार सहित ३.२ जीपीए भन्दा माथि ल्याउने ४० जना विद्यार्थीहरू सहित उत्तीर्ण भएका सम्पूर्ण १ सय ६७ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रममा अध्यापन गराउने शिक्षकहरूलाई समेत सम्मान गर्दै शिक्षकको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो । विधालयको अडिटरियम हलमा सम्पन्न कार्यक्रमको सहजीकरण विधालयका प्लस टु को –अर्डिनेटर तथा शिक्षक कृष्ण काफ्लेले गर्नुभएको थियो।
