देवचुली
मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा वार्षिक योजना र कार्य विवरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। साकोसका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा २०८२/०८३ को वार्षिक योजना र कार्य विवरण हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थाको वित्तिय तथा गैर वित्तिय जानकारी प्रस्ट गर्नुभएको थियो भने विभागीय प्रमुखहरूले आफ्नो विभाग अन्तर्गतको सेवा केन्द्र अनुसारको वित्तिय तथा गैर वित्तिय समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष प्रेमा कुमारी खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई पिठौली सेवा केन्द्र सहसंयोजक धन प्रसाद खनालले उद्घाटन गर्नुभएको थियो । देवचुली १३ दलदलेमा सम्पन्न भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को लागि विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख र सम्पूर्ण कर्मचारीहरूलाई कार्य विवरण हस्तान्तरण गर्दै उत्कृष्ट कार्यसम्पादनको आधारमा देवचुली सेवा केन्द्र प्रथम र पृथ्वी सेवा केन्द्रलाई दोस्रो उत्कृष्ट सेवा केन्द्रको रुपमा सम्मान प्रदान गरिएको थियो।

यस्तै उत्कृष्ट कार्यसम्पादनका आधारमा परोपकार सेवा केन्द्रका दैनिक कर्मचारी प्रमिला क्षेत्रीलाई प्रथम र नव प्रगती सेवा केन्द्रका हरिकला न्यौपानेलाई दोस्रो उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रममा अध्यक्ष तुलमणि पौडेलले संस्थाको समग्र उन्नति र प्रगतिको निम्ति तयार पारिएको वार्षिक लक्ष्य प्राप्ति गर्न योजना बद्ध रुपमा अगाडि बढ्न व्यवस्थापन पक्षलाई सुझाब दिँदै आफ्नो मन्तव्य राख्नुहुँदै कार्यक्रमको समापन गर्नु भएको थियो l

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, ऋण उपसमिति, शिक्षा उपसमिति, सेवा केन्द्र व्यवस्थापन उपसमिति तथा कर्मचारीहरूको सहभागी रहेको थियो l