गैंडाकोट
गैंडाकोट नगरपालिका वडा नं १५ मा रहेको अमर ईङ्लिस सेकेण्डरी बोडिङ्ग स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
शनिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर पोख्रेलको अध्यक्षता सँगै गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका अधिकारीले अमर ईङ्लिस स्कुलले सुरुवाती दिन देखि नै एसईईमा मात्र नभएर अन्य परीक्षाहरूमा समेत राम्रो अंक ल्याउने विद्यालयका रुपमा चिनिन सफल भएकोमा विद्यालयलाई बधाई दिनुहुँदै आगामी दिनका लागि विधार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक कुमार पौडेलले विद्यालयको गतिविधि, एसईई २०८१ को नतिजाको समिक्षा गर्दै विद्यार्थीहरुको आगामी उच्च शिक्षाको लागि विद्यार्थीलाई शुभकामना दिनुहुँदै विद्यालयले हरेक बर्ष उत्कृष्ट नतिजा ल्याएर आफुलाई प्रमाणित गरेको बताउनुभएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका १५ का वडा सदस्य ओमराज गुरुङ , १६ का वडा अध्यक्ष बिनोद मल्ल , १४ का वडा अध्यक्ष कोकिसरा राना , १७ का वडा अध्यक्ष गोपी कँडेल , विधालयका प्रबन्ध निर्देशक हरि भक्त कँडेल , व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारी , विधालयका सम्पूर्ण शिक्षक शिक्षिका , अभिभावक तथा विधार्थीहरुको उपस्थिति रहेको थियो।

विधालयका शिक्षिका सिता शर्माको स्वागत मन्तब्य तथा सहायक प्रिन्सिपल प्रेमराज पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरु सहित उत्कृष्ट अंक ल्याउने विषयगत शिक्षकलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांस व्यक्तिहरुले उच्च शिक्षाका लागि विद्यार्थीहरुले सहि विषय र कलेज छनोट गर्न आग्रह गर्नुभएको थियो ।
