देवचुली
रास्ट्रीय स्वतन्त्र पार्टी देवचुलीले नगर प्रमुख हरि प्रसाद न्यौपानेलाई १७ बुँदे सुझाव पेश गरेका छन्। रास्वपा देवचुलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सुझाव स्वरुप नगरपालिकालाई सुझाव पेश गरेको नगर सभापति क्या. शेर बहादुर केसीले जानकारी दिएका छन्। आज मङ्गलबार नगरपालिकामा पेश गरिएको १७ बुँदे सुझावमा मुख्यतः शिक्षा , स्वास्थ्य , खानेपानी , स्वरोजगार , बौद्धिक पलायन , धार्मिक तथा पर्यापर्यटन , स्थानीय भाषा तथा साहित्य , उद्योग तथा ब्यापार , कर असुली , योजना निर्माण र कार्यान्वयन , मध्यवर्ती क्षेत्रका समस्या तथा समाधान , टेन्डर आव्हान तथा व्यवस्थापन , विपद व्यवस्थापन , भूमिहीन सुकुम्बासीको समस्या समाधान , नगरको सुरक्षा तथा सुन्दरता लगायतका विषय समावेश गरिएको छ। आगामी नीति तथा कार्यक्रममा उल्लेखित विषयहरूलाई समेत विशेष ध्यान पुर्याउन आग्रह गर्दै सुझाव पेश गरिएको हो।

रास्वपा देवचुलीको सरसफाइ तथा सचेतना अभियान
रास्वपा देवचुलीले पार्टी स्थापनाको तेस्रो दिवसको अवसरमा पालिकामा सरसफाइ तथा सचेतना अभियान सुरु गरेको छ। ५ दिने अभियानको पहिलो दिन देवचुली नगरपालिका , कैलाश मन्दिर क्षेत्र तथा दलदले बजार क्षेत्रमा सरसफाइ गरेको छ। पार्टीका सभापति क्या. शेरबहादुर केसीका अनुसार पार्टी स्थापनाको अवसरमा राष्ट्रव्यापी रुपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेकोले रास्वपा देवचुलीले समेत कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा गण्डकी प्रदेश विभाग सदस्य भविश्वर लम्सालले नागरिकलाई फोहोरहरू जथाभावी नफालौँ र स्वस्थ रहौँ भन्ने चेतनामूलक सन्देश दिन कार्यक्रमको आयोजना गरिएकोले सबैलाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका थिए। उनले पछिल्लो समय परेको झरी सँगै वर्षाको समयमा विभिन्न स्थानमा पानी जम्ने र मलेरिया, डेँगु लगायतको रोगहरू फैलाउने लामखुट्टेको वृद्धि हुने भएकाले सबैलाई सचेत हुन समेत आग्रह गरेका छन्।