देवचुली
देवचुली कलेजको २४ औं वार्षिक क्याम्पस सभा तथा निर्वाचन सत्र २०८२ सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननीय महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो।
सञ्चालक समितिका उपाध्यक्ष कृष्ण प्रसाद तिवारी ( ऋषि ) को स्वागत मन्तव्य रहेको कार्यक्रममा देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्य नारायण भुसाल , प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्री , सामाजिक व्यक्तित्व अशोक बस्ताकोटी , नेपाल माध्यमिक विद्यालय देवाचुली १ का प्रधानाध्यापक शिव प्रसाद देवकोटा , निवर्तमान क्याम्पस सभाका अध्यक्ष बाबुराम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सञ्चालक समितिका सदस्य सत्यराज अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख शिवहरि अधिकारीले क्याम्पसको वार्षिक प्रतिवेदन , भौतिक तथा आर्थिक प्रगति , शिक्षाको अवस्था , वर्तमान चुनौती र भावी योजनाको बारेमा प्रस्ट पार्दै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। क्याम्पसको २४ औं वार्षिक क्याम्पस सभाको अवसर पारि क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान समेत गरिएको थियो।
क्याम्पसले क्याम्पसका पुर्व क्याम्पस प्रमुख राजन गौतम , आर्थिक तथा सामाजिक व्यवस्थापनमा सहयोग पुर्याउने शम्भु बहादुर रावत , निवर्तमान क्याम्पस सभाका अध्यक्ष बाबुराम पौडेल , क्याम्पसलाई आर्थिक सहयोग गर्ने कालिका मध्यवर्ती सामुदायिक बन र धुसेरी सामुदायिक बन लगायतलाई सम्मान गरेको थियो।

कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य माननीय महेन्द्रध्वज जिसीले देवचुली कलेजले यस क्षेत्रमा रहेर शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कहिले बिर्सिन नहुने बताउनुभएको थियो। जिसीले क्याम्पसको चौतर्फी विकासको लागी आफूले आवश्यक परेको बेलामा नैतिक , भौतिक , आर्थिक तथा राजनीतिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा देवचुली माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नारायण भण्डारीको संयोजकत्वमा देवचुली माध्यमिक विद्यालयका वर्तमान प्रधानाध्यापक विश्वराज पौडेल र क्याम्पस सञ्चालक समितिका सदस्य सत्यराज अधिकारी सहित ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको थियो।

विश्वराज सिग्देलको नेतृत्वमा नयाँ संचालक समिति गठन
क्याम्पस सञ्चालनको लागि विश्वराज सिग्देलको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरिएको छ। निर्वाचन समितिका संयोजक नारायण भण्डारीका अनुसार अध्यक्षमा सिग्देल सहित उपाध्यक्षमा सुदर्शन लामिछाने तथा सदस्यहरूमा गिरिधर सापकोटा , खेमानन्द घोरासैनी , भुमकला गौतम , कान्ता पण्डित , नेत्र बहादुर पाण्डे , ललित बहादुर बोहोरा , कृष्ण प्रसाद गौतम , ख्याम केसी र सन्तोष थापा लगायतका रहेका छन्।
नव निर्वाचित सञ्चालक समितिले अबका दिनमा क्याम्पसको पठनपाठन सहित समग्र गतिविधिमा निगरानी गर्दै हाल सम्म क्याम्पसले हासिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै सबैले आफ्नो तर्फबाट इमान्दारीपुर्वक आफ्नो जिम्मेवारी निभाउने प्रतिवद्धता जनाएका थिए।
