देवचुली
आगामी बैशाख २७ गते शनिबार देवचुली नगरपालिकाको जन ज्योति नमुना माध्यमिक विद्यालयको खेल मैदानमा खेल प्रशिक्षणको उद्घाटन हुने भएको छ।
देवचुली नगरपालिकाले फुटबल र क्रिकेटको लागी नगर भित्र बाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले खेल प्रशिक्षण गर्ने भए सँगै प्रशिक्षणको उद्घाटन गर्न लागिएको देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समिति सचिव प्रकाश काफ्लेले जानकारी दिएका छन्।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अनुसार नगर भित्र रहेका खेलाडीहरूलाई आगामी बैशाख २८ गते आइतबार देखि नियमित रुपमा दुवै खेलको प्रशिक्षण दिइनेछ।

सचिव काफ्लेका अनुसार देवचुली माध्यमिक विद्यालय देवचुली १६ मा वडा न १ , २, ३, ४, ५, १६ र १७ का खेलाडीहरूलाई र जन ज्योति नमुना माध्यमिक विद्यालय देवचुली १४ मा वडा न ६, ७ , ८ , ९ , १० , ११ , १२ , १३ , १४ र १५ का खेलाडीहरूलाई फुटबलको प्रशिक्षण हुनेछ भने रोयल क्रिकेट एकेडेमी देवचुली १० मा क्रिकेटको लागी प्रशिक्षण हुनेछ।
प्रशिक्षण हरेक आइतबार बिहान ६ बजे देखि ७:४५ सम्म नियमित रूपमा सञ्चालन हुनेछ।