देवचुली
देवचुलीको फारममा जारी चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा पटिहानी फुटबल क्लब बिजयी भएको छ। शनिबार भएको खेलमा कावासोती फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै पटिहानी फुटबल क्लबले जित निकालेको हो। पटिहानीको जितको लागी मन्नु कुमाल , बसन्त कुमाल र अजय महतोले समान १/१ गोल गरेका थिए ।

यो संगै आजको खेलमा पटिहानी फुटबल क्लबका विनोद तामाङ म्यान अफ दि म्याच हुन सफल भएको प्रतियोगिताको सह-आयोजक फारम खेलकुद विकास समितिले जनाएको छ।

आजको खेलमा म्यान अफ दि म्याच हुन सफल तामाङलाई देवचुली वडा न १० का अध्यक्ष रेप्ति कुमार घर्ती र नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर विशाल पौडेलले पुरस्कार प्रदान गरेका गरेका थिए। आजको खेलमा प्रतियोगिताका सह संयोजक सन्दिप पौडेलले सहजीकरण गरेका थिए।

देवचुलीको फारममा रहेको बरचुली माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा प्रथम तथा द्वितीय हुने समुहले क्रमश रु १ लाख ५५ हजार र ८१ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टिमलाई रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार, उत्कृष्ट गोल रक्षकलाई रु ५ हजार, सर्वाधिक गोलकर्तालाई रु ५ हजार र हरेक दिनका म्यान अफ द म्याचलाई एक र एक हजारको दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा नवलपुरसहित पश्चिम नवलपरासी र चितवनका गरी १५ वटा टिमको सहभागिता रहेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भर्सेज फारम खेलकुद विकास समिति ( मैत्रीपूर्ण खेल )
यो सँगै भोलि आइतबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र फारम खेलकुद विकास समितिको बिचमा मैत्रीपूर्ण खेल हुने भएको छ। उक्त मैत्रीपूर्ण फुटबल खेलको लागी कलाकारहरू रिता थापा मगर , हरि डाँगी ( खेल संयोजक ) , बद्रि पँगेनी , पशुपति शर्मा , शिव हमाल , दीपक खड्का , रमेश राज भट्टराई , रविना भण्डारी , प्रकाश सपूत , राजु ढकाल , पि.एन. सापकोटा , कृष्ण रेउले , रविन लामिछाने , सविन आचार्य , उषा सुवेदी , कुलेन्द्र वि.क. , रामजी खाँडको साथमा थुप्रै राष्ट्रिय कलाकारहरूको उपस्थिति रहनेछ।