देवचुली
देवचुलीको फारममा जारी चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा गैँडाकोट खेलकुद विकास समिति २-१ गोल अन्तरले विजयी भएको छ। यो खेलमा गैँडाकोटले ठकुरी ब्वाइजलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

यो सँगै शनिबार देखि दोस्रो चरणको खेलहरू सुरु हुनेछन्। शुक्रबारको खेलमा गैँडाकोट खेलकुद विकास समितिका जर्सी नम्बर ८ का विवश नेपालि म्यान अफ द म्याच हुन सफल भएको प्रतियोगिताको सह-आयोजक फारम खेलकुद विकास समितिले जनाएको छ।

देवचुलीको फारममा रहेको बरचुली माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा प्रथम तथा द्वितीय हुने समुहले क्रमश रु १ लाख ५५ हजार र ८१ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टिमलाई रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार, उत्कृष्ट गोल रक्षकलाई रु ५ हजार, सर्वाधिक गोलकर्तालाई रु ५ हजार र हरेक दिनका म्यान अफ द म्याचलाई एक र एक हजारको दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा नवलपुरसहित पश्चिम नवलपरासी र चितवनका गरी १५ वटा टिमको सहभागिता रहेको छ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भर्सेज फारम खेलकुद विकास समिति ( मैत्रीपूर्ण खेल )
यो सँगै फाल्गुन १८ गते आइतबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र फारम खेलकुद विकास समितिको बिचमा मैत्रीपूर्ण खेल हुने भएको छ। उक्त मैत्रीपूर्ण फुटबल खेलको लागी कलाकारहरू रिता थापा मगर , हरि डाँगी ( खेल संयोजक ) , बद्रि पँगेनी , पशुपति शर्मा , शिव हमाल , दीपक खड्का , रमेश राज भट्टराई , रविना भण्डारी , प्रकाश सपूत , राजु ढकाल , पि.एन. सापकोटा , कृष्ण रेउले , रविन लामिछाने , सविन आचार्य , उषा सुवेदी , कुलेन्द्र वि.क. , रामजी खाँडको साथमा थुप्रै राष्ट्रिय कलाकारहरूको उपस्थिति रहनेछ।
