देवचुली
नेपाली समुदायमा सरस्वती पूजाको अवसरमा विद्यालय जाने उमेर पुगेका स-साना बाबुनानीलाई अक्षरारम्भ गराउने चलन रही आएको छ।
यसै अनुरूप २०८१ सालको सरस्वती पूजाको अवसरमा देवचुली नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गरि जम्मा १ हजार ३७ जना नयाँ विद्यार्थीको अक्षरारम्भ गराइएको छ। देवचुली नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूमा ५ सय ५१ र संस्थागत विधालयहरुमा ४ सय ८३ विद्यार्थीको अक्षरारम्भ गराइएको छ।
सामुदायिक विद्यालयतर्फ नेपाल धर्ती प्राथमिक विद्यालय देवचुली ५ मा ६ जना, सरस्वती आधारभूत विद्यालय देवचुली १७ मा ११ जना, जीवनज्योति आधारभूत विद्यालय देवचुली १७ मा १८ जना, सरस्वती आधारभूत विद्यालय देवचुली ६ कुस्मोतमा ५ जना, बाल किरण आधारभूत विद्यालय देवचुली ६ मुण्डेमा १० जना, नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालय देवचुली ६ किर्तिपुरमा १४ जना, मनकामना आधारभूत विद्यालय देवचुली ९ मा ३६ जना, मिलिजुली आधारभूत विद्यालय देवचुली ८ मा ९ जना, नारायणी आधारभूत विद्यालय देवचुली १५ मा ६ जना, सूर्यकिरण आधारभूत विद्यालय देवचुली ११ मा १५ जना, वाल्मीकि आधारभूत विद्यालय देवचुली १४ मा १६ जना, नव नेपाल आधारभूत विद्यालय देवचुली १० मा ७ जना, शान्ति सिर्जना आधारभूत विद्यालय देवचुली ४ मा २० जना, कुमारवर्ती आधारभूत विद्यालय देवचुली १३ मा १० जना , दिव्यज्योति आधारभूत विद्यालय देवचुली १२ मा १२ जना, नेपाल माध्यमिक विधालय देवचुली १ मा ५१ जना, सकलादेवि माध्यमिक विधालय देवचुली ५ मा ३० जना, बरचुली माध्यमिक विद्यालय देवचुली १७ मा ४४ जना, कालिका माध्यमिक विधालय देवचुली ९ मा ३३ जना, पृथ्वी माध्यमिक विद्यालय देवचुली १० मा २६ जना, जनज्योति नमुना माध्यमिक विधालय देवचुली १४ मा २२ जना, देवचुली माध्यमिक विधालय देवचुली १६ मा ४७ जना, भिमसेन आदर्श माध्यमिक विद्यालय देवचुली ७ मा ८१ जना, जनज्योति माध्यमिक विधालय देवचुली १५ मा २२ जना नयाँ विद्यार्थीहरूको अक्षरारम्भ गराइएको छ।
यता संस्थागत तर्फ विश्व ज्योति माध्यमिक विधालय देवचुली १५ मा ८३ जना, न्यु नवल इङ्ग्लिस स्कुल देवचुली १० मा ४५ जना, नेक्सस मन्टेश्वरी देवचुली १३ मा ४२ जना, मुनलाइट आदर्श पब्लिक एकेडेमी देवचुली १३ मा ५६ जना, भृकुटी इङ्ग्लिस बोर्डिङ देवचुली ११ मा २६ जना, पाठशाला मन्टेश्वरी स्कुल देवचुली ३ मा ५० जना, दिव्य एकेडेमी देवचुली १ मा ५२ जना, वाईज भिजन इङ्ग्लिस बोर्डिङ स्कुल देवचुली १६ मा ४२ जना, अमर इङ्ग्लिस बोर्डिङ स्कुल देवचुली १६ मा ४३ जना, कुमारवर्ती इङ्ग्लिस बोर्डिङ स्कुल देवचुली १६ मा १५ जना र ओएसिस इङ्ग्लिस बोर्डिङ स्कुल देवचुली १७ मा ३२ जना नयाँ विद्यार्थीहरूको अक्षरारम्भ गराइएको छ।