देवचुली,
रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १९ औं प्रतिनिधि मूलक बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको मूल खानेपानी टंकी परिसरमा संस्थाका अध्यक्ष बासुबाबु कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो । 
१९ औं प्रतिनिधिमूलक वार्षिक साधारण सभा कार्यक्रमको प्रमुख आतिथ्यथा देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष गणेश प्रसाद चालिसे (दिपक) ले गर्नुभएको थियो । कार्यक्रमा बोल्दै वडाध्यक्ष चालिसेले पानीको मुहान देखि चुहानसम्म खानेपानीको परिक्षणका धेरै कुरा उठेकाले यसको परिक्षण यथाशीघ्र गर्न आग्रह गर्नुभएको थियो । साथै उहाँले स्वास्थ र सरसफाइका क्षेत्रमा वडाले आगामी योजना अन्तर्गत कार्यक्रम तय गरेकाले खानेपानीसँग सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 
संस्थाका अध्यक्ष बासुबाबु कोईरालाले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले आगामी नयाँ कार्ययोजना प्रस्तुत गर्दै आवश्यक स्थानमा पाईप लाईन विस्तारलाई निरन्तरता दिने, संस्थाको सम्रग संरचना र सम्पत्तिको सुरक्षा र संरक्षण गरिने, समग्र आयोजना पाईप लाईन र धारा मिटरको जिपिएसर ईन्भेन्टरी को कार्य सँगै एन।वास प्रविधि कार्य सम्पन्न गर्न नगरपनलिका अन्तर्गतबाट अगाडि बढाउन पहल गर्ने, मानवसेवा, समाजसेवा, परोपकारी तथा समुदायमा समर्पित संस्थाहरूलाई आवश्यकता अनुसार सेवा शुल्क निस्शुल्क गर्ने, खानेपानी शुद्धीकरण अझै व्यवस्थित गर्दै स्वच्छता जोड दिने, पानीको गुणस्तर, सरसफाइ सम्बन्धि तालिम, गोष्ठी, सचेतनाका कार्यक्रम गर्दै जाने बताउनुभएको थियो ।
१९ औं प्रतिनिधिमूलक वार्षिक साधारण सभामा संस्थाका खानेपानी परिक्षण ल्याब टेक्निसियन नवराज अधिकारीले पानी परिक्षणका बारेमा के कस्ता विधि अपनाउने गरिन्छ भन्ने बारे जानकारी गराउनुभएको थियो । साथै ०८१/८२ को सचिवको प्रतिवेदन सचिव घनश्याम गौतम, लेखा प्रतिवेदन लेखा संयोजक गणेश बहादुर रायमाझी, स्वास्थ्य सम्बन्धि केशव पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा विशिष्ट अतिथि देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशवराज गौतम, बरचुली माध्यमिक विद्यालय व्यवस्थापन संस्थाका अध्यक्ष प्रेमबहादुर थापा क्षेत्री, बरचुली मा.विका सहायक प्रधानाध्यापक रुद्र प्रसाद पौडेल, डिभिजन खानेपानी तनहुँ (ईकाई कार्यालय) कावसोतीका शाखाका ईन्जिनियर महेन्द्र प्रसाद आचार्य, पूर्ववडाध्यक्ष एवम् रजहर खानेपानी संस्थाका संस्थापक अध्यक्ष विष्णुप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानीलाई थप व्यवस्थित गर्दै स्वच्छ र शुद्ध वितरण गर्न आग्रह गरेका थिए । 
कार्यक्रममा रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष लालप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव घनश्याम गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय बुद्धिजिवि, उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।