देवचुली,
देवचुली नगरपालिका वडा नं १५ को आयोजनामा बालबालिका तथा किशोरकिशोरीहरूका लागि क्षमता विकास तगा सशक्तीकरण कार्यक्रम सुरू भएको छ । देवचुली वडा नं १५ को आयोजना र आभानी मिडिया प्रा. लि ह्याप्पी एफ.एमको समन्वयमा ३ दिने तालिम सुरू भएको छ । मंगलबार देवचुली १५ को प्रगतिनगरमा रहेको जनज्योति आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सुरू भएको हो । देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष सुरेश कुमार रानाभाटको अध्यक्षतामा किशोरकिशोरीहरूका लागि क्षमता विकास तगा सशक्तीकरण कार्यक्रम गरिएको छ ।![May be an image of 2 people, people studying and text](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/439592727_827108852766463_202427304908790520_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=9G3cbwWn8SMAb4vp711&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfBP6wCoqFlaMZ508_a7CpBcAXsEdeSKliPPY6UyFjL2Hw&oe=662D62AC)
बालबालिकाको क्षमता अभिवृद्धिसँगै उनीहरुमा विभिन्न किसिमका तालिमको आवश्यकता पर्ने भन्दै वडाले विगतका वर्षहरु देखि निरन्तर बालबालिकामा लगानी गरेको वडाध्यक्ष रानाभाटले बताउनुभएको थियो । उहाँले पछिल्लो समय बालबालिकाहरु नकारात्मक बाटोतर्फ लागिरहेको समाजमा देखिएकाले उनीहरुलाई सहि मार्गमा ल्याउन पनि नेतृत्व विकासका तालिम संचालन गरिएको बताउँदै बालबालिकालाई तालिमबाट थुप्रै कुरा सिक्न आग्रह गर्नुभयो । ![May be an image of 5 people, hospital and text](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/438931213_827109059433109_9048775542683642438_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=bB1FXU8QzvAAb72TLqh&_nc_oc=AdgR1P8omD2dKwU-eYN0dHnHQj-CqNk2Kk6b66UPio8YPE3IjaLwPm4Knbsc2TTBf44&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfBrOduO-SN1W9YpJVGhS2SFOZ0lncOQQu1Mco2yXWfyxA&oe=662D85DF)
कार्यक्रमको समन्वय गरेको ह्याप्पी एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले देशमा संघीयता आएसँगै स्थानीय तहको मुहार फेरिएको बताउँदै तालिमको समन्वय गर्न दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिमबाट बालबालिकाले धेरै कुरा सिक्न सक्ने भन्दै बालबालिकालाई अनुशासित ढंगले तालिममा बस्न आग्रह गर्नुभएको थियो । ![May be an image of 6 people, hospital, dais and text](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/439477794_827109082766440_7966043477478569971_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=WjadkRxDAOsAb797Adp&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfBf7OA7Y5zOaEFG_VL7POsLh68d6ROz3yoMUF389-lcPw&oe=662D5D05)
ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले प्रशिक्षण दिनुभएको थियो । उहाँले बालबालिकाले आफ्नो क्षमता बढाउन के गर्नुपर्ने, कार्यक्रममा निर्धक्क भएर कसरी बोल्ने जस्ता विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । ![May be an image of 8 people, people studying, violin, flute and text that says "OVEMBER 23"](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/439035985_827109226099759_5186389055184210206_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=ImcwRcMS9NsAb6Qp32Q&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfB4P3xEq5KLKkX6UU9OOJ6YzHNLpo6xk0flQSjnIwtM6g&oe=662D5DD2)
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १५ का वडा सदस्य माया सुवेदी, अनिता श्रेष्ठ सुनारm मानकुमार श्रेष्ठ, प्रेम प्रसाद खनाल, विश्व ज्योति मा.विका शिक्षक सुरेश महतो, जनज्योति आदर्श बहुमुखी क्याम्पसका सह–प्रध्यापक सोेम सुवेदी, देवचुली १५ वडा बाल सञ्जालका अध्यक्ष प्रतिक्षा काफ्ले, नगर बाल सञ्जालका सदस्य प्रशंसा काफ्ले लगायतको उपस्थिति रहेको थियो । तालिममा वडा भित्रका ७० भन्दा बढि बालबालिकाको उपस्थिति रहेको थियो । ![May be an image of 4 people and people studying](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/439593724_827109229433092_4455875885193148304_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=HWWeBcxMKOMAb7uLAAG&_nc_ht=scontent.fktm8-1.fna&oh=00_AfAM_cwkfnX6d7HFCNm5jyzDKAndf_B73SFrXIXiUTuubg&oe=662D81F5)