देवचुली
देवचुली नगरपालिकाको १७ वडाका दलित महिला वडा सदस्यहरूका लागी ५ दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सोमबार देखि सुरु भएको छ। सामाजिक विकास शाखा देवचुली नगरपालिकाको आयोजनामा सुरु भएको तालिममा पहिलो दिन पालिकाका नगर उप प्रमुख पार्वता तिवारीको अध्यक्षता रहेको थियो।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/423147753_287339957509951_4645299707468813407_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=UgN_31i3XwEAX8tCUQw&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdQQ3mxE_UNaOm-1x38As7IyiRJaFs4drb--FDkrIQWmCg&oe=6603F8FC)
सामाजिक शाखा प्रमुख विमला लम्सालको सहजीकरण रहेको तालिममा ह्याप्पी एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले प्रशिक्षण दिनुभएको थियो। तालिममा प्रशिक्षार्थीहरूलाई औपचारिक कार्यक्रम सञ्चालनको प्रक्रिया तथा अभ्यास , स्थानीय तहका विविध विषयवस्तुको जानकारी , कुनै पनि विषयवस्तुमा केन्द्रित भएर बोल्ने कलाको अभ्यास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, पालिकाका प्रवक्ता एवं देवचुली ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्ले , सामाजिक विकास समिति देवचुलीका अध्यक्ष तथा देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आले , समितिका सदस्य एवं देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा लगायतको आतिथ्यता रहेको थियो।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/429629109_3754414374834790_5320037152793609080_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=Gp9yz9tqs8AAX8K1oXb&_nc_oc=AQnrgj2VBXt1OX7TwJAdxcg6WTAaaA86kuC_EbiSafOccf0QoQ1EhOW4M7FPsaYM5j4&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdQTXAhgM2tGBGbpfFDaXvxwMjq8REvePI9DmszYJAuo4Q&oe=6603F281)
सोही क्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले शुभकामना मन्तव्य दिनुहुँदै महिला सशक्तिकरणको लागी बोल्दै गर्दा यस्तो तालिम अत्यन्तै प्रभावकारी हुने भन्दै कार्यक्रमको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभएको थियो भने नगरपालिकाका प्रवक्ता काफ्लेले यसरी महिलाहरू सामाजिक क्षेत्रमा अग्रसर हुनु भनेको समाज परिवर्तनको सुखद पक्ष रहेको बताउनुभएको थियो।
सामाजिक विकास समिति देवचुलीका अध्यक्ष आलेले आफू महिला वडा अध्यक्ष भएर पालिका भित्र महिला नेतृत्वलाई स्थापित गर्नु आफ्नो दायित्व सँगै चुनौती पनि भएकाले यस्ता तालिमहरू सहायक सिद्ध हुने बताउनुभएको थियो।
यस्तै देवचुली ९ का वडा अध्यक्ष सापकोटाले तालिम पश्चात वडामा आयोजना हुने विभिन्न कार्यक्रमलाई महिला सदस्यहरूले सफलतापूर्वक सञ्चालन गर्न सक्ने अपेक्षा लिएको बताउनुहुँदै यस्ता विविध तालिमहरूले वडा सदस्यहरूमा फरक फरक विषयमा ज्ञान प्राप्त हुने विश्वास लिएको समेत बताउनुभएको थियो।