देवचुली
४२ औं मगर एकता दिवसको अवसरमा नवदुर्गा युवा क्लब र लालीगुराँस आमा समूहको आयोजनामा भइरहेको विभिन्न खेलकुद एवम् सांस्कृतिक कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ ।
देवचुली ६ मुण्डे गेट प्लटिङमा सोमबार ३५ वर्ष भन्दा माथिका पुरुषहरू बिच भलिबल प्रतियोगिता , आमा समुहहरुको बिचमा डोरी तान्ने प्रतियोगिता र घैंटो फुटाउने प्रतियोगिता सम्पन्न भएको नवदुर्गा युवा क्लबका अध्यक्ष कुल प्रसाद गाहाले बताएका छन्।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/428316249_1103901427519825_3092630038537626436_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=sGL1viqwMTYAX9rgbbx&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdTH64adAPoZ0xtIWMOphBMosaWYQwWi1fxUSB5vPSsv9g&oe=66040FC6)
क्लबका अध्यक्ष कुल प्रसाद गाहाको अध्यक्षता संगै देवचुली वडा नं ६ का वडाध्यक्ष मीन बहादुर सोतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सयौंको संख्यामा दर्शकहरु उपस्थित भएका थिए।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/428387322_914308900104495_4679285476367236466_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=5Acl17MwfhgAX_TG0vf&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdSIy62eLfH9u-e6IrFJsT0YgvZ-6Eq-1OoLr-8A6W9LmA&oe=6603F90F)
३ दिन सम्म सञ्चालन हुने कार्यक्रममा फाल्गुन १५ गते अर्थात अन्तिम दिनमा भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिताको फाइनल सहित कार्यक्रमको समापन सँगै विविध सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गाहाले बताए।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/427770551_416225314315274_4285985873621849647_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=Nj3f5RJ-XSkAX85ooJ5&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AdQMa0On35WNA6tDYlmS9AJZZhTbqSqaEFVpHQ15Dte_NQ&oe=6604215E)
गाहाका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक राजु परियार सहित गायक सानु पुलामी मगर, एजिकल परियार, गायिका सपना परियार, अश्मि थापा मगर, गायक तथा डान्सर अभिषेक राना मगर, अनियस अस्लामी मगर, इशा गुरुङ, कोरियोग्राफर जीवन गुरुङ तथा नौमती लाफा मगर बाजा समूहको विशेष प्रस्तुती रहनेछ।