देवचुली,
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानलाई सामाग्री वितरण गरेको छ । मंगलबार संस्थाको कार्यालयमा किसानलाई छाँटि काट्ने मेसिन साथै डस्टवीन वितरण गरिएको छ । प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रुमकला काफ्लेले तीन जना किसान सदस्यलाई छाँटि काट्ने मेसिन र ८ विभिन्न समूहलाई डस्टवीन वितरण गर्नुभएको थियो ।![IMG_6269.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435313615_814538324023516_1192652630514422372_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=BCuwPr15pUwAX8qqZDW&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfB_FgwZM3XLbRP-UKbQRKK6cZi2AaeuUbrLfgEB36hxbg&oe=66119129)
प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत अनुदानमा सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष रुमकला काफ्लेले बताउनुभयो । किसानहरुलाई प्राथामिकतामा राखेर सहकारी दिवस मनाउनुपर्छ भन्ने उद्धेश्यले आवश्यक सामाग्री हस्तान्तरण गरि मनाइएको काफ्लेले बताउनुभयो । साथै उहाँले वितरण गरिएका मेसिन र डस्टवीनको सहि तरिकाले उपयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो ।![IMG_6279.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435291573_814537514023597_6088746454622042537_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=9Zq09C7bWpEAX9-f1yb&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfAE0EjzfcHDWNkMRT5N6JwArazr_82kiVz6HToU4uOKYw&oe=6611A745)
छाँटि काट्ने मेसिन पाउनुभएका किसानले छिटो छरितो रुपमा गाई वस्तुलाइ घाँस खुवाउन सकिने बताउँदै संस्थाले गरेको कार्य प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस्तै सिर्जनशील आमा समूहका अध्यक्ष लालुमाया गौतमले सहकारीका विषयमा पछिल्लो समय उठेका विभिन्न समस्यालाई सहकारीले समाधान गर्नुपर्ने बताउँदै प्रगतिनगर साना किसान सहकारी संस्थाले आफ्ना सदस्यहरुमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।![IMG_6283.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435254880_814538954023453_5573656861292559864_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=XqVdZDF4UMYAX-AgA_o&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfCZxqlQX1POGB7ktAE6pu6xYehE-dnxvqtJF5PZMjkc4A&oe=66118DEF)
कार्यक्रममा देवचुली १३ की तुलसी भण्डारी, वडा नं १३ की सावित्री बराल र वडा नं १२ का शिव कुमार पौडेललाई छाँटी काट्ने मेसिन र देवचुली १२ को लक्ष्मीपुर शिवालय मन्दिर, देवचुली ७ राधा कृष्ण मन्दिर, देवचुली १० गाउँघर क्लिनीक, देवचुली १० आमा समूह भवन, देवचुली १३ सिर्जनशील आमा समूह, देवचुली १५ दुर्गा मन्दिर सालघारी, देवचुली १४ कैलाश मन्दिर र देवचुली १४ साहारा चोक शिवालय मन्दिरलाई डस्टवीन वितरण गरिएको हो ।![IMG_6292.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435229262_814539034023445_2856658945127787305_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=jtz-SlQ9M1EAX_DXWsc&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfDjp6jEk7ixSKW6Lws2jA0VU4Xx26BuoA4RmRN9_7jB7Q&oe=6611AE42)
कार्यक्रममा प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विमला गैरेले विगतका दिन देखि नै सहकारी संस्थाले किसानका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा किसानलाई आधुनिक प्रविधिसँग जोडेर लैजाने बताउनुभएको थियो । प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रुमकला काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।![IMG_6314.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435297807_814538650690150_3616207463981399453_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=wxhwFvNZ1lwAX-622jQ&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfBQaEvJ-AB1Ngq1L_g-VCqpcFzqb3cuPUitBtNlHMPs-w&oe=661190F5)
![IMG_6307.JPG](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t39.30808-6/435319156_814539784023370_6430333450078774547_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=mt9w5GG6G9oAX-Y-oRu&_nc_ht=scontent.fbhr4-1.fna&oh=00_AfAp0A5jhHybfjDkRqyzpDZHhcslENMd2iNd-idmBYPukA&oe=661191CD)