देवचुली,
एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि सहकारीको दिगोपन : स्वनियम र सुशासन भन्ने उद्धेश्यका साथ मध्य नेपाल साकोसका पदाधिकारीहरुलाई नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको छ । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्सकूनको प्राविधिक सहयोगमा शुक्रबार तालिम संचालन गरिएको हो । मध्य नेपाल साकोसका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति र ऋण उपसमितिका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको हो ।![May be an image of 8 people and table](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406530660_741768084633874_1647852743913305694_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=F1CBO5yM9IkAX-Xujmn&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCuSPGIYi3rqFASH3WiBVrORJ6m2fz-h4fyShexVHzB2w&oe=656E69DC)
नेतृत्व विकास तालिममा संस्थामा बसेर संस्थाको कानुनी विषय प्रति कसरी जानकार हुने, संस्थामा बसेर सदस्यको हितमा रहेर कसरी काम गर्ने, सदस्यलाई संस्था प्रतिको वित्तिय तथा गैरवित्तिय विषयहरु कसरी प्रदान गर्ने, नेतृत्वमा रहेर कसरी आफ्नो जिम्मेवार वहन गर्ने जस्ता विभिन्न विषयमा नेफ्सकूनका तालिम अधिकृत एवं प्रशिक्षक कोमलराज अधिकारीले प्रशिक्षण गर्नुभएको थियो । ![May be an image of 11 people, table and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406608241_741767931300556_6663010652904486101_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=eqdD_mbAWd0AX_953tX&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCdw6vPhaZ3O6Tj3GKli_yftduurJoMwq2kCfLoS6Knaw&oe=656E3553)
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले सहकारीमा समय–समयमा नयाँँ नियम, व्यवहार र सिपको विकास भइरहेको हुँदा यस विषयमा सम्पूर्ण जानकार रहनुपर्ने र सिकाइएका कुरालाइ व्यवहारमा उतार्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले सामाजिक संघ संस्थाको नेतृत्व गर्दा नेतृत्वमा हुनुपर्ने गुण जस्ता विभिन्न विषयमा तालिम लिई लागु गर्न सक्ने हुन सम्पूर्ण प्रशिक्षार्थीहरुलाईआग्रह गर्नुभएको थियो ।![May be an image of 8 people and temple](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406530422_741767807967235_610183542806799383_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=wGkjaCzHnoAAX9uJTwq&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfDYX7umo6N3wAibfVIiOnM9s1qA3kSCK_gKQGnesJ8TgQ&oe=656E0371)
तालिममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संक्षिप्त रुपमा संस्थाको परिचय दिनुभएको थियो ।![May be an image of 1 person, studying and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406121951_741767764633906_7165139221952271647_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=IiYchpGYF40AX-WLr5n&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfDPzWv0eBGtR0hEdFAih5h33GO2l9iAGy-Gcf95aL4_IQ&oe=656E98AD)
औपचारिक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तुलमणी पौडेलले संस्थालाई थप अगाडि बढाउन संस्थाका पदाधिकारीलाई नेतृत्व क्षमता विकास जस्ता तालिमको आवश्यकता पर्ने हुँदा तालिम संचालन गरिएको बताउनुभयो । उहाँले विगतमा संस्थालाई कसरी अगाडि बढायौँ भन्दा पनि भविष्यमा उत्कृष्ट साकोस बनाउन के गर्ने भन्ने बारेमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । पौडेलले आफ्नो कार्यकालमा भ्रमण, तालिम जस्ता विषयलाई प्राथमिकताका साथ अगाढि बढाई नेतृत्व गर्ने व्यक्तिलाई सक्षम बनाइ संस्थालाई थप अगाडि बढाउने बताउनुभयो । ![May be an image of 3 people, dais and text that says 'नेतृत्व क्षमता विकास तालिम Leadership Capacity Development Training (LCDT) मिति: २०1० मंसिर १५ १६ गते स्थान साहारा पार्टी प्यालेस, दलदले प्राविधिक सहयोग: नेफसकन P cထop नेपाल केन्द्रीय सहकारी आयोजक: मध्य नेपाल बवत तथा আण सहकारी www.nefscun.org.np सहकारीको दिगोपन: स्वनियम सुशासनो'](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/407050292_741767581300591_5904624025034073341_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=RTUuKpYX7HwAX8bsiMI&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfCM7jheSzu-kwwW4M9oDPiprHCJkkL5mOoiG_pRz-iKIw&oe=656E1FC4)
संस्थाका उपाध्यक्ष प्रेमा खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो । दलदले साहरा पार्टी प्यालेसमा संचालन भएको नेतृत्व क्षमता विकाुस तालिम दुई दिन चल्नेछ । ![May be an image of 1 person, dais and text that says 'नेतृत्व Leadership C आयोजव मध्य बवत तथा तरण www.nefscun.org.n'](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406117429_741768234633859_4357137916620575535_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=d93KC27LXnIAX-z9QXZ&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfDxTWSrdoir1fURsJprftEcbjDeZlfGJ43pn5XHfGYi-Q&oe=656EBDFA)
![May be an image of 1 person, smiling and lighting](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406534753_741767577967258_4040869814642145561_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=BoR2QOryfVoAX_H6fTT&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfAziNgwX4ToWVWchr-LctB8bgB1mvL5J7Cmblib-KRlAg&oe=656DED26)
![May be an image of 1 person, dais and text](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/406530643_741768207967195_8648332539655573207_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=a73e89&_nc_ohc=2tQB6leST88AX_-eYIR&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfC1swo8WNS6I4VhJYoX6OCzYNFciGDScrOaK4skA4K1qA&oe=656E72AB)