देवचुली
बुद्धि सागर भुसालको अध्यक्षतामा कालिका माध्यमिक विद्यालय देवचुली ९ मा व्यवस्थापन समिति गठन भएको छ। समितिको अध्यक्षमा भुसाल सँगै सदस्यहरूमा पम्फा राउल , ज्ञानु कुमारी अर्याल, वीरेन्द्र राज काफ्ले, मालती पन्त, जितु माया सिँजाली, वडा न ९ का अध्यक्ष बलिराम सापकोटा, पदेन सदस्य तुलसीराम अर्याल , शिक्षक प्रतिनिधि मञ्जु नेपाली परियार तथा सदस्य सचिव विद्यालयका प्रधानाध्यापक रेशम कोइराला लगायतका सर्वसम्मत चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक कोइरालाले हेर्नेपाटीलाई बताउनुभएको छ।
![May be an image of 6 people, people sitting, people standing and indoor](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/333600856_1927298860941459_9044272903924529022_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=TaMzphbKh1EAX_OrsfB&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfDPsUN9skccJ9hLxepyTgEKl5BOMB5PT_cWv1qJK_zZRg&oe=64119B0C)
कोइरालाका अनुसार शिक्षक अभिभावक संघको अध्यक्षमा तुलसीराम अर्याल सँगै सदस्यहरूमा ठाकुर प्रसाद काफ्ले, सरिना गुरुङ , पार्वती शर्मा कडेल, कुन्ता देवी काफ्ले न्यौपाने, वर्षा परियार, पुष्पा भटराई , सृष्टि पुलामी, नर बहादुर पुलामी, शिक्षक प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, पदेन सदस्य विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुसाल , प्रधानाध्यापक रेशम कोइराला तथा विद्यार्थी प्रतिनिधि लगायतका चयन हुनुभएको छ।
![May be an image of 8 people and people standing](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t39.30808-6/329915879_226721196440122_4086376641331221312_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=4Amb_Sb_IDMAX8T4o7N&_nc_ht=scontent.fbhr1-1.fna&oh=00_AfAQlJETpx_VKL1UCy6MZkRiCB8EXtRJDSRGH8EIggZhOA&oe=641189C8)
गत फाल्गुन २२ गते सम्पन्न अभिभावक भेलाले दुवै समिति सर्वसम्मत चयन गरेको हो। यो सँगै अध्यक्षमा निर्वाचित भए पश्चात दुवै अध्यक्षले विद्यालयको हकहितको लागी कार्य गर्दै जाने र कालिका माविलाई नगरको नमुना विद्यालय बनाउने बताउनुभएको थियो। कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा , देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , निवर्तमान समितिका पदाधिकारी सानै अभिभावकहरूको उपस्थिति रहेको थियो।