देवचुली
सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यमकला पाण्डे भुसालको अध्यक्षता संगै देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थिय्तो। कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले अध्यक्षको प्रतिवेदन , सचिव कुमारी विष्णु पाण्डे भण्डारीले सचिवको प्रतिवेदन , कोषाध्यक्ष देवु रेग्मी पौडेलले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक वसन्ती मल्लले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

उपाध्यक्ष विष्णु तिवारीको स्वागत मन्तब्य रहेको कार्यक्रममा दुध उत्पादनको आधारमा पहिलो देखि दशौं सम्मका कृषकलाई करुवा सहित पुरस्कृत गरिएको थियो जसमा सुनिल काफ्ले , डिल्लीराम कँडेल , चन्दा पौडेल , केशव चापागाईं , आरति चापागाईं , पार्वती भण्डारी , सिबू पौडेल , गोमा देवी पौडेल तिमिल्सेना , बलराम कुँवर र रेशम दराई लगायतका रहेका थिए।
यस्तै गुणस्तरीय दुध ल्याउने धर्मलाला पौडेललाई बाल्टी उपहार दिइएको थियो बहने संस्थाको असल ऋणी खूमिसरा ग्रान्जा , उत्कृष्ट बाल बचत कर्ता प्रजिल पौडेल , उत्कृष्ट मासिक बचत कर्ता विष्णु गिरि र संस्थाको जेष्ठ सदस्य नरमा अधिकारि सहित विसं २०६९ देखि २०७२ सम्म संस्थाको पदिय जिम्मेवारीमा रहनुभएका सम्पुर्ण समिति तथा उप समितिका पदाधिकारी स सदस्यहरुलाई सम्मान गरिएको थियो।
सोहि क्रममा सदस्यहरुको तर्फबाट गोमा लामिछाने पाण्डे , अतिथिका तर्फबाट युवराज वाग्ले , रेनुका न्यौपाने वस्ताकोटी , संस्थाका भूपू अध्यक्ष तथा सल्लाहकार चन्द्रकला पाण्डे , गोपाल राज शर्मा लम्साल , प्रमुख अतिथि देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।