देवचुली
देवचुली नगरपालिकामा सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन आदर्श नमूना मावि प्रथम हुन सफल भएको छ।
३ दिन सम्म संचालित प्रतियोगितामा सर्वाधिक ३७ वटा पदक जित्दै आफुलाई प्रथम स्थानमा राखेको छ। असोज ३० गते देखि देवचुली नगरपालिकाको नगर रङ्गशालामा सुरु भएको प्रतियोगितामा एथलेटिक्स , मार्सल आर्ट , ब्याडमिन्टन , भलिबल र कबड्डी पाँच विधाका गरी ५४ वटा इभेन्ट रहको र प्रतियोगितामा करिव ५ सय विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक बिजय सारुले जानकारी दिएका छन्। प्रतियोगितामा नगर भित्र रहेका १० वटा सामुदायिक र ७ वटा संस्थागत विधालयको सजभागिता रहेको थियो।

प्रतियोगिताको अन्तिम दिन सम्म आउँदा भीमसेन आदर्श नमूना माविले १४ स्वर्ण , ९ रजत र १४ काश्य पदकमा जित निकाल्दै सबै भन्दा धेरै पदक आफ्नो नाममा गरे संगै नगर प्रथम भएको छ । वरचुली माविले १२ स्वर्ण , ७ रजत र ५ काश्य पदकमा जित निकाल्दै दोस्रो स्थानमा र नेपाल माविले ९ स्वर्ण , ७ रजत र २ काश्य पदकमा जित निकाल्दै आफुलाई तेस्रो स्थानमा राखेको छ। प्रतियोगितामा देवचुली माविले ७ स्वर्ण , ६ रजत र ४ काश्य पदक , सकला माविले ४ स्वर्ण , ९ रजत र ८ काश्य पदक , पृथ्वी माविले ४ स्वर्ण , ६ रजत र ४ काश्य पदक जित्न सफल भएका छन्।

यस्तै कालिका माविले २ स्वर्ण र ४ काश्य पदक , जनज्योति नमूना माविले १ स्वर्ण , १ रजत र ५ काश्य पदक , अमर बोर्डिङ्गले १ स्वर्ण र २ रजत पदक , जनज्योति माविले १ स्वर्ण , ८ रजत र ५ काश्य पदक , ओएसिस बोर्डिङ्गले १ स्वर्ण , विश्वज्योति माविले १ रजत र ४ काश्य पदक , दिव्यज्योति आविले २ काश्य पदक , दिव्य एकेडेमीले १ रजत र ६ काश्य पदक तथा वाइज भिजन बोर्डिङ्गले १ रजत पदकमा आफ्नो जित दर्ता गरेका छन्।

देवचुली नगरपालिकाको आयोजना र देवचुली १० मा रहेको पृथ्वी मावीको संयोजन र नगर खेलकुद विकास समितिको समन्वयमा कार्तिक ३० गते बिहिबारदेखि प्रतियोगिता सुरु भएको थियो। संगै यस प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने विधार्थी तथा विधालय जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट छन्।