देवचुली
नवलपुरको देवचुली नगरपालिका वडा नं ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिबार साहारा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो। साधारण सभाको अध्यक्षता संस्थाकी अध्यक्ष सरिता शर्माले गर्नुभएको थियो।

कार्यक्रममा महिला कल्याण बहुउद्देश्ययीय सहकारी संस्थाकी संस्थापक अध्यक्ष उमा आचार्य प्रमुख अतिथिका रुपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुलाई उद्यमशील र स्वरोजगार बनाउनुका साथै नेतृत्व तहमा पुग्नका लागि समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चित्रकला सुवेदी, पार्वता पाण्डे, बिमला अधिकारी तथा ज्ञानज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष धर्माकुमारी न्यौपाने, प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष रुमकला काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

२७ औं वार्षिक साधारण सभामा संस्थाकी अध्यक्ष सरिता शर्माले संस्थाको प्रगति प्रतिवेदन, सचिव गंगा गौडेल भट्टराईले संस्थाको कार्यप्रगति, कोषाध्यक्ष हुमकला सुवेदीले आर्थिक प्रतिवेदन र लेखा संयोजक लिलादेवी भट्टराईले लेखा प्रतिवेदन वाचन गरी शेयर सदस्यलाई प्रष्ट पार्नुभएको थियो।

साधारण सभामा संस्थामा आबद्ध विभिन्न शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा संस्थाकी असल ऋणी देवचुली १३ की लक्ष्मी आचार्य, नियमित बचतकर्ता देवचुली १३ की निर्मला अधिकारी, दैनिक बचतकर्ता देवचुली ११ कि हिरा कुमारी भुर्तेल, ऐच्छिक बचतकर्ता देवचुली ११ कि पुष्पा कुमारी बस्याल, बाल बचतकर्ता देवचुली १२ की सरस्वती भुर्तेल र माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा ४ जीपीए ल्याएकी संस्थाकी बाल बचतकर्ता मुनलाइट आदर्श पब्लिक एकेडेमीकी रोशा नेपाली ,धेरै शेयर सदस्य वृद्धि गर्ने कर्मचारी अस्मिता भट्टराई र संचालक समिति सदस्य पम्फा देवी शर्मालाई सम्मान गरिएको थियो ।

महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष गीता भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव गंगा गौडेल भट्टराईले गर्नुभएको थियो।