देवचुली, साउन-१७
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३५औं वार्षिकोत्सवको अवसरमा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। देवचुली नगरपालिका–१३, दलदलेस्थित संस्थाको सेवा केन्द्र परिसरमा आयोजित उक्त कार्यक्रममा २ सय ४० जनाले गरे रक्तदान गरेका छन् ।

कार्यक्रमको अध्यक्षता संस्थाका सञ्चालक समितिका उपाध्यक्ष श्री कालिदास गौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष श्री एकदेव पौडेल सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नवलपुर रेडक्रस सोसाइटीका जिल्ला सभापति एवं प्रगतिनगर खानेपानीका अध्यक्ष डिल्लीराम कडरिया, वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती मगर, देवचुली उद्योग वाणिज्य संघका महासचिव तिलादेवी न्यौपाने, देवचुली बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइली, जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयनारायण सापकोटा, सकला मा।वि।का प्रधानाध्यापक होमनाथ न्यौपाने लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सञ्चालक समिति सदस्य निर्मला अधिकारी रेग्मी, शेशकान्त कोइराला, लेखा सुपरिवेक्षण समिति सदस्य सुरेन्द्र तिवारी, महिला शाखा समिति सदस्य खेम कुमारी थनेत, पुँजी वृद्धि समिति सदस्य दामोदर अधिकारी, सदस्यता प्रवर्द्धन समिति सदस्य रविन्द्र पौडेल तथा भैसाखोरी, हर्कपुर, अमरापुरी, रजहर, प्रगतिनगर र दलदले सेवा केन्द्रका संयोजक, उपसंयोजक तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विभागीय प्रमुख पुर्ण प्रसाद सापकोटाले गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा ४५ जना महिला र १९५ जना पुरुष सहभागी भएका थिए भने ८४ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेका थिए।