देवचुली, असार–१५,
नेपाल कराते महासंघ नवलपुरको अध्यक्षमा भूपराज पाठक सर्वसम्मत चयन हुनुभएको छ। बिहीबार कराते महासंघको दलदलेमा आयोजित पहिलो जिल्ला अधिवेशनले पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले महासंघको उपाध्यक्षमा ओम थापा मगर र मिनबहादुर थापा मगरलाई सर्वसम्मत चयन गरेको छ। यसैगरी महासंघको सचिवमा विजय पुलामी, कोषाध्यक्षमा कोपिला सोती मगर चयन हुनुभएको छ। महासंघको सदस्यहरूमा खुमबहादुर लामिछाने, राजकुमार कुमाल, अभिषेक थनेत, एलिसा थापा, विप्सन बराल, सोनिसा महतो, रोशन गरम्जा, इन्दिरा माया पाठक, सखिना गुरुङ र कुसुम क्षेत्रीलाई सर्वसम्मत चयन गरिएको छ ।

यसैगरी कराते महासंघको प्रदेश प्रतिनिधिमा निरज गौतम, भूपराज पाठक, ओम थापा मगर, कुसुम क्षेत्री र भगवान गुरुङलाई चयन गरिएको छ। कराते महासंघको परिवेक्षकमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठलाई चयन गरिएको छ।
नेपाल कराते महासंघ नवलपुरका अध्यक्ष भगवान गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेतबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशन कार्यक्रममा नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मणिराज थापा मगर, जिल्ला खेलकुद विकास समिति नवलपुरका सचिव निरज गौतम, सदस्य तेजबहादुर कुँवर क्षेत्री लगायतको उपस्थिति रहेको थियो।