देवचुली, असार-१५
माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा ४ जिपिए सहित शतप्रतिशत नतिजा निकाल्न सफल देवचुली नगरपालिकाको दलदलेमा अवस्थित मुनलाइट आदर्श पब्लिक एकेडेमीले सेलिब्रेसन रली सम्पन्न गरेको छ।

विद्यालयले दलदले बजार ,कुल एण्ड एलेन पेट्रोल पम्प, सालघारी, प्रगतिनगर, हाटबजार चोक, जनज्योति मार्ग, कैलाशचोक, धारापानी, गोरेगुम्ती, झेडीचोक, वडा ७ को कार्यालय, सिताबास, गैँडी, कुनाघाट, लक्ष्मीपुर, दलदले कुमारवर्ती टोल, पुन: दलदले चोक, हमालचोक, ढोकान, कदमपुर, केउरेनी हुँदै पुन दलदलेबाट विद्यालयसम्म सेलिब्रेसन र्याली गरेको हो।

र्यालीमा एसइइ परीक्षामा सहभागी विद्यार्थी, विद्यालयका प्रिन्सिपल चन्द्रकान्त बस्याल, सहप्रधानाध्यापक ऋषि धिताल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपाने, एसइइ परीक्षा दिएका विद्यार्थीका अभिभावक, लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । विद्यालयले खुसियाली साट्न पन्चेबाजासहित नाँचगान समेत गरेको थियो।

मुनलाइट आदर्श पब्लिक एकेडेमीबाट एसइइ परीक्षा दिएकी रोसा नेपाली ४ जिपिए सहित उत्तीर्ण भएकी थिइन्। मुनलाइटबाट १७ जनाले एसइइ परीक्षा दिएका थिए। जसमा सबै उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा हात पार्न सफल भएको थियो।
