बालक्लबका पदाधिकारीहरुलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र आचारसंहिता निर्माण कार्यशाला कावासोती वडा नम्बर १२ पिठौलीमा सप्पन्न गरिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना र जागृती बाल तथा युवा सरोकार नेपालको सहजीकरणमा वडा भित्रका बालक्लबका पदाधिकारीहरुलाई तालिम सन्चालन गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनाल( दिपेश) ले बताउनुभयो ।

कावासोती नगरपालिकाले पहिलो चरणमा ४ वडाहरु, कावासोती ३, ४, १२ र १६ लाई घोषणा गर्ने गरि विभिन्न कार्यक्रमहरु सप्पन्न गरिएको र सोही क्रममा बिधालय र समुदाय स्तरका बालबालिकाहरुको लागी कार्यक्रमको आयोजना गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनाल(दिपेश)ले बताउनुभयो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बाल अधिकारको इतिहास देखि नेपालको सविधानमा भएको प्रावधानहरु, बालमैत्री स्थानीय शासनको अवधारणा, बाल क्लबको ब्यबस्थापन र बाल क्लबले गर्न सकिने क्रियाकलापको बारेमा सहजीकरण गर्नुभएको थियो ।

बालबालिकाहरु आफैले जागृत भएर विभिन्न अतिरिक्त क्रियाकलापहरु र बिधालय स्तर र समुदाय स्तरसम्म सन्चालन गर्न सके मात्र बालमैत्री घोषणा गर्न सकिने र दिगो हुने भएकोले यसको लागि आवश्यक प्रवन्ध गराउन बालबालिकालाई सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै सहजकर्ता राजु चापागाईंले बाल क्लबको माईन्युट लेखन र कार्यक्रम सन्चालनको बारेमा सहजीकरण गर्दै बालबालिकाको कार्यक्रम आफैले नेतृत्व लिएर संचालन गर्न र त्यसको लागि प्रयाप्त तयारीको सिपहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यशालामा बालबालिकाहरुले आचारसंहितामा छलफल गर्दै सुझावहरु सहित ध्यानाकर्षण गराउनुभयको छ ।
उदघाटन समारोहमा बोल्दै वडा अध्यक्षले बालबालिकाको विभिन्न क्षेत्रमा प्रयाप्त लगानी गरिएकोले शिक्षा, स्वास्थ्य, सशक्तीकरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा अझै सहभागिता बढाई नमुना वडा निर्माण गर्न बालबालिकालाई अनुरोध गर्नुभयो ।
-1750732137.jpeg)
वडा सदस्य एवम बालमैत्री सम्पर्क ब्यक्ती बन्दना तिवारी भुजेलको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष ध्रुव खनाल(दिपेश) प्रमुख अतिथी, वडा सदस्यहरु र बिधालयका बालक्लबका फोकल शिक्षकहरु सहित वडास्तरीय संजालका पदाधिकारीहरु, ४ बिधालयका बालक्लबका पदाधिकारीहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।