देवचुली
देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका वडाध्यक्षहरूसँग अनौपचारिक छलफल गरेको छ। खानेपानी संस्थाले वडाध्यक्षहरूसँग खानेपानीको वितरण तथा सरसफाईमा वडासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्ने सन्दर्भमा छलफल गरेको हो।

संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई शुद्ध र स्वच्छ पिउने पानीको प्रबन्धसँगै घर, आँगन र वातावरण सरसफाईको क्षेत्रमा समेत काम गर्ने लक्ष्य राखेकाले आफ्ना सेवा क्षेत्रभित्रका जनप्रतिनिधिसँग हातेमालो गर्ने बताउनुभयो । उहाँले छलफलबाट वडाध्यक्षहरूको सकारात्मक प्रतिक्रिया आएकाले तत्काल कार्यसमितिको पूर्ण बैठक बसी सरसफाईको अभियान चलाउने बताउनुभयो।

संस्थाका सचिव विष्णु न्यौपानेले खानेपानी संस्थाको कार्यालय परिसरमा वडाध्यक्षहरूको आकस्मिक जमघट भएकाले उहाँहरूसँग अनौपचारिक छलफल गरिएको जानकारी दिनुभयो । उहाँले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्ना सेवा क्षेत्रभित्रका हरेक संघसंस्था र स्थानीय तहसँग हातेमालो गरी कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो।

छलफल कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ११ का वडाध्यक्ष तीलप्रसाद काफ्ले, वडा नम्बर ९ का वडाध्यक्ष बलिराम सापकोटा, वडा नम्बर १० का वडाध्यक्ष रेप्तिकुमार घर्ती मगर, वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेल, वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नम्बर १४ का वडाध्यक्ष गोपाल थापा, वडा नम्बर १५ का वडाध्यक्ष सुरेश कुमार रानाभाट, संस्थाका उपाध्यक्ष कृष्णबहादुर थापा, कार्यालय प्रमुख ईश्वरबहादुर पाण्डे, ल्याब प्राविधिक राजुराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
