देवचुली, जेठ-१८
देवचुली नगरपालिकाले विभिन्न विकास योजनाका लागि करोडौं रुपैयाँको बजेट पाएको छ। नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुलीलाई विशेष प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ। नगर प्रमुख न्यौपानेले शनिबार आधिकारिक फेसबुकमार्फत नेपाल सरकारको योजना आयोगमार्फत प्राप्त योजनाहरू सार्वजनिक गर्दै सरकारलाई विशेष आभार प्रकट गर्नुृभएको हो । साथै, देवचुलीको विकासमा योगदान पुर्याउने सबै जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजीवी लगायत सबैप्रति पनि नगरप्रमुखले धन्यवाद ज्ञापन गनर्सभएको छ ।
प्राप्त योजनाहरूमा समावेश प्रमुख योजनाहरू यसप्रकार छन्स्
सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर – ७ करोड ४० लाख (क्रमागत योजना)
लोकाहा खोला तटबन्धन – २ करोड ५० लाख
मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापन ९मध्यवर्ती क्षेत्र, मेसजाली० – १ करोड ४० लाख
बिपन्न नागरिकको आवास निर्माण – ८५ लाख
रिङरोड निर्माण – ९१ लाख
नगर प्रमुख न्यौपानेले योजना आयोगबाट प्राप्त यी योजनाहरू बाहेक अन्य मन्त्रालयमार्फत प्राप्त हुने योजनाहरूको विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिनुभएको छ । नगर प्रमुखले देवचुलीको समग्र विकासका लागि थप योजनाहरू ल्याउने प्रयास भइरहेको समेत स्पष्ट पार्नुभयो।