देवचुली, जेठ ५ -
नेपाल क्रिकेट संघ नेपाल (क्यान) को आयोजनामा जेठ ६ गतेदेखि पोखरामा सुरु हुने यु–१६ क्रिकेट प्रतियोगिताका लागि नवलपुर जिल्ला क्रिकेट संघले आफ्नो १४ सदस्यीय टोली घोषणा गरेको छ। घोषित टोलीमा तुषार शर्मा (क्याप्टेन/विकेटकिपर), दिप्सन भुर्तेल, पंकज यादव, प्राञ्जल पौडेल, जितेन्द्र पुन, रजत भुर्तेल, समिर न्यौपाने, समिर रोक्का, अनिश भट्टराई,, शैलेस काफ्ले, सुजन अर्याल, गौरव न्यौपाने, सुशील भुसाल र शिमाल वि.क. रहेका छन्। यस्तै सम्राट खत्री, विपिन लामिछाने, विज्ञान पौडेल र लेखनाथ भुसाललाई रिजर्भ खेलाडीको रूपमा राखिएको छ।

नवलपुरको टोलीमा देवचुली नगरपालिकाबाट ८ जना खेलाडी परेका छन्। शैलेस काफ्ले, सुजन अर्याल, रजत भुर्तेल, दिप्सन भुर्तेल, गौरव न्यौपाने, प्राञ्जल पौडेल, सुशील भुसाल र अनिश भट्टराई देवचुलीबाट चयन भएका हुन्। त्यसैगरी, रोयल क्रिकेट एकेडेमीबाट ११ जना खेलाडी टोलीमा परेका छन्। तीमध्ये देवचुलीका ८ खेलाडीसँगै समिर न्यौपाने, पंकज यादव र समिर रोक्का पनि सो एकेडेमीका खेलाडी हुन्।
-1747730161.jpeg)
पोखरामा सञ्चालन हुने प्रतियोगितामा ६ जिल्ला सहभागी छन्। सहभागी टिमहरूमा नवलपुर, कास्की, बाग्लुङ, तनहुँ, स्याङ्जा र पर्वत रहेका छन्।प्रतियोगिताका लागि दुई समूह गठन गरिएको छ। ग्रुप "ए" मा कास्की, बाग्लुङ र तनहुँ रहेका छन् भने ग्रुप "बी" मा नवलपुर, स्याङ्जा र पर्वत रहेका छन्।

नवलपुरको खेल तालिका यस्तो छ:
जेठ ९ गते : नवलपुर भर्सेस पर्वत
जेठ ११ गते : नवलपुर भर्सेस स्याङ्जा
प्रतिगोगिताको जेठ १२ गते फाइनल खेल हुनेछ ।











