देवचुली
कावासोती स्थित युनिक अटो प्वाइन्ट कावासोतीले देवचुली १६, रजहर बजारमा जेष्ठ ४ गतेदेखि ९ गतेसम्म विशेष अफर कार्यक्रम ‘टिभिएस एक्सचेन्ज मेनिया’ संचालन गर्ने भएको छ।
यस अफर अन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटी ल्याउँदा न्यूनतम रु. ३०,००० को मूल्यांकन पक्कै पाइनेछ। सवारी साधन चलेको होस् वा नचलेको, ग्राहकले पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर लैजान सक्नेछन्।

कार्यक्रमबारे जानकारी दिँदै युनिक अटो प्वाइन्टका सञ्चालक डोलराज थापाले भने, “हाम्रा ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिँदै छौं। गुडे पनि नगुडे पनि जुनसुकै बाइक वा स्कुटी ल्याउनुहोस् अनि ३० हजारको भ्यालुयसन लिएर जानुहोस्।” देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाका ग्राहकहरूलाई लक्षित गर्दै यो कार्यक्रम रजहर बजारमा ल्याइएको हो। “हामीले यसअघि रजहर बजारमा पाएको साथ र टिभिएस प्रती ग्राहकको बढ्दो विश्वासलाई मध्यनजर गर्दै रजहर बजारमा यो कार्यक्रम पुन: विस्तार गरेका हौं,” सञ्चालक थापाले थपे।

कार्यक्रममा सहभागी हुने ग्राहकहरूले क्यु आर कोड स्क्यान गरी थप उपहार जित्न सक्ने र यो अफर अन्तर्गत ग्राहकहरूले रु १० हजार सम्मको थप मूल्य रु ८ हजार सम्मको नगद छुट, ७.९९% ब्याजदरमा १८ महिनासम्मको इएमआइ सुविधा, र निःशुल्क बाइक एसेसरिज जस्ता आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।

यसअघि देवचुली १३, दलदले बजारमा सम्पन्न गरिएको ‘टिभिएस एक्सचेन्ज मेनिया’ कार्यक्रम सफल र प्रभावशाली रूपमा सम्पन्न भइसकेको छ।