देवचुली,
महिला कल्याण बहुदेश्यीय सहकारी संस्थाको २६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवचुली १३ स्थित साहारा सहारा पाटी प्यालेसमा संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिका का नगरप्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले महिलाहरुद्धारा संचालित सहकारीले उदाहरणीय कार्यसम्पादन गरिरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
सहकारीका चुनौतिलाई चिर्दै हाल सहकारीप्रतिको नागरिकको उदासिनतालाई कम गर्दै जानुपर्नेमा न्यौपानेले जोड दिनुभयो । कार्यक्रममा नेपाली नेपाल सरकार युवा तथा साना ब्यबसायी स्वरोजगारका प्रीतम भुजेल,काङ्ग्रेस नगर सभापति डिल्लीराम कडरिया, नेकपा एमालेका नगर अध्यक्ष भिमलाल तिवारी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सत्यनारायण भुसाल, सल्लाहकार सदस्य सरिता शर्मा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, मध्यनेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेल, समाजसेवी नरदेव न्यौपाने, समाजसेवी नेत्र बहादुर सुनार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका असल ऋणि, असल बचतकर्ता,उत्कृष्ट सेयर सदस्य उत्कृष्ट वडा समिती,कर्मचारी तथा संस्थालाई विभिन्न समयमा सहयोग पुर्याउनुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो । सहकारी को बार्षिक प्रगती प्रतिबेदन सहकारीकि अध्यक्ष रत्नमाया बिस्वकर्मा, आर्थिक प्रतिबेदन कोषाध्यक्ष गंगा गौडेल लेखा सुपरिवेक्षण प्रतिबेदन सदस्य सचिव अमृता पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीकि कोषाध्यक्ष गंंगा गौडेलले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत सहितको मन्तब्य राख्नुभएको थियो । सहकारीकि अध्यक्ष रत्नमाया बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव फुलमाया विश्वकर्माले गर्नुभएको थियो ।