कावासोती/
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति नवलपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जसबाट अध्यक्षमा अशोक कुमार श्रेष्ठ उपाध्यक्ष (खुल्ला तर्फ) हरि शंकर शर्मा, उपाध्यक्ष महिलातर्फ उषा बस्याल, उपाध्यक्ष समावेशी प्रदीप श्रेष्ठ, सचिव इश्वर भुसाल, सह–सचिव(युवा) केशव प्रसाद पौडेल, कोषध्यक्ष महेन्द्र बास्ताकोटी रहनुभएको छ । सदस्यहरुमा दिलमाया थापा मगर, रामबहादुर केसी, सीता न्यौपाने, दिनेश पाठक, कालुराम महतो, राजेन्द्र रिजाल विष्णु कुमारी पुन थापा, राजु पौडेल, टेक नारायण तिवारी, रोजी खनाल र टेक बहादुर महतो चयन हुनुभएको छ ।
त्यस्तै महादिवेशन प्रतिनिधि वुद्धिबहादुर देउजा, धिरेन्द्रराज सुवेदी, माया कुमारी शर्मा, गोकुल पराजुली, वुद्धिप्रसाद अधिकारी रहनुभएको हुनुहुन्छ भने प्रदेश प्रतिनिधिहरुमा धिरेन्द्र कुमार शाह, गणेश बहादुर ठकुरी, गणेश न्यौपाने, सन्तोष भण्डारी र नरमाया राना चुनिनुभएको छ ।
निर्वाचन शनिवार कावासोती ८ मा रहेको मनकामना आमा समुहका सभाहलमा सम्पन्न भएको थियो ।